+
+

चीनले बनायो विश्वलाई चकित पार्ने विमानस्थल

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १९:४२

काठमाडौं । चीनले निर्माण गरेको एक विमानस्थलले अहिले विश्वको ध्यान तानेको छ ।

संसारलाई चकित पार्ने भव्य विमानस्थलप्रति अहिले संसारको नजर परेको हो । संसारलाई चकित पार्ने विमान स्थलको डिजाइन प्रसिद्ध आर्किटेक्ट जाह हदीदले गरेका हुन् । जुन विमानस्थलको सौन्दर्यबारे विश्वमा अहिले चर्चा चलेको छ ।

चीनको ७० औं वार्षिकोत्सव समारोहको केहि दिन अघि मात्रै यो सुन्दर एयरपोर्ट सर्वसाधरणका लागि खुल्ला गरिएको छ।

चिनियाँ सरकारी मिडियाका अनुसार यो विमानस्थल ७० लाख वर्ग मीटर क्षेत्रफलमा फैलिएको छ । अर्थात यो विमानस्थल ९८ वटा फुटबल मैदान बराबर क्षेत्रमा फैलिएको छ।

विमानस्थल काउन्सिलका अनुसार अटलान्टा पछि यो विश्वको दोस्रो सबैभन्दा व्यस्त विमानस्थल हो।

डेक्सिंग विमानस्थल एक इमारतको रूपमा संसारमा सबैभन्दा ठूलो टर्मिनल भएको दावी चीनले गरेको छ । यो विमानस्थलमा २०२५ सम्ममा करिब २० करोड यात्री आउने अपेक्षा गरिएको छ ।

यस विमानस्थलको उद्घाटनसँगै बेइजिङको नाम दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरू न्यूयोर्क र लन्डन लगायत अन्य शहरमा सूचीकृत हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?