+
+

कावासोतीमा खोलामा डुबेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २० गते २०:१७

२० असोज, नवलपरासी । नवलपरासीको कावासोती–१५ मा रहेको बाण खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पर्वत जिल्ला रानीपानी घर भइ हाल कावासोती १५ मा मामा घर बस्दै आएका बर्ष १० का राजन भुसालको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

दिउँसो पौडी खेल्ने क्रममा घाइते भइ उपचारका लागि कावासोतीको कालिगण्डकी अस्पतालमा ल्याउने क्रममा भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?