+
+

धनगढीमा ८८ हजारसहित ७ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते १८:०५

२८ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले घरमै जुवातास खेलाइरहेको अवस्थामा घरवेटीसहित ७ जनालाई पक्राउ गरेको छ ।

जुवातास खेलेको सूचनाका आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका ३ विशालनगरबाट घरवेटी ताराचन्द, सोही ठाउँका गणेशबहादुर साउँद, नरबहादुर ऐर, खगेन्द्र रावत, वडानम्बर ४ का हरिसिंह बोहरा, ५ का प्रकाश भाट र कृष्णपुर नगरपालिका ८ कंचनपुरका गिरिराज पाण्डेयलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुबाट नगद ८८ हजार ४०५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ परेका सातै जनालाई जुवा ऐनअनुसार कारवाही गरिने डीएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?