+
+

ओखलढुंगामा बाँदर लखेट्दा बन्दुक पड्केर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १२:३५

१९ कात्तिक, काठमाडौं । ओखलढुंगामा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।

मोलुङ गाउँपालिका-३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा सोही ठाउँका १७ वर्षीय लालमान तामाङको मृत्यु भएको छ । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको टोलीले बाँदर लखेट्ने समूहका एक जनालाई पक्राउ गरेको छ ।

मोलुङ-३ का २१ वर्षीय चित्रबहादुर सुनुवारलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । समूहका अन्यको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?