+
+

कलेजो प्रत्यारोपणमा सहयोग गर्ने प्रधानमन्त्रीको वचन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २९ गते १७:५०

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा सुरु भएको कलेजो प्रत्यारोपणमा सहयोग गर्ने वचन दिएका छन् ।

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको नेतृत्व गरिरहेका डा. रमेशसिंह भण्डारीले शुक्रबार प्रधानन्त्री ओलीलाई भेटेका थिए ।

त्यसक्रममा उनले कलेजो प्रत्यारोपण सुरु गर्दाको अनुभव सुनाउँदै आगामी दिनमा अहिलेका भौतिक संरचना पर्याप्त नहुनेतर्फ ध्यानाकर्षण गराएका छन् । साथै मिर्गौलालगायतका रोगका विरामीहरुले जस्तै कलोजो प्रत्यारोपण गर्ने विरामीहरुलाई पनि आर्थिक सहयोग दिनुपर्नेमा जोड दिएको डा. भण्डारीले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले पनि आवश्यक सहयोग गर्छु भन्नुभएको छ ।’

शिक्षण अस्पतालमा १८ जेठमा पहिलो कलेजो प्रत्यारोपण भएको थियो । अहिलेसम्म तीन सफल प्रत्यारोपण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?