+
+

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड, सबै आवेदकलाई मागेजति

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते २०:२३

१ मंसिर, काठमाडौं । लक्ष्मी बैंकले बिक्री गरेको २ अर्ब रुपैयाँ बराबरको “१०% लक्ष्मी बैंक डिबेन्चर, २०८६” बाँडफाँड भएको छ। बैंकले असोज २३ गते देखि कात्तिक २२ गते सम्म निष्काशन गरेको उक्त ऋणपत्र मंसिर १ गते आइतबार बाँडफाँड गरेको हो।

बैंकको ऋणपत्रमा आवेदन गर्ने सबै आवेदकले मागेजनि नै शेयर हात पारेका छन् भने सर्वसाधारणमा बिक्री नभएको ऋणपत्र समेत थप गरी बैंकले व्यक्तिगत तवरबाट सबै ऋणपत्र बिक्री गरेको छ।

कूल निष्काशित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९ हजार ९९६ कित्ता र व्यक्तिगत तवरबाट २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको हो।

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको बैंकको ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्नेछन् । १० वर्षे अवधिको उक्त ऋणपत्र २०८६ मा परिपक्व हुनेछ ।

लक्ष्मी बैंकले हाल मुलुकभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटिएम, २ हजार ५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?