Comments Add Comment

अभिभावकको टाउको दुखाई : छोराछोरीमा मोबाइलको लत

के तपाईंका बालबालिकाहरु स्मार्टफोन र अन्य ग्याजेटमा धेरै समय बिताउँछन् ? इन्टरनेट प्रयोग नगर भन्दा चिडचिडापन भएको व्यवहार देखाउँछन् ? यदि यी प्रश्नहरुको जवाफ ‘हो’ अथवा ‘छ’ भन्ने हो भने  बालबालिकालाई पनि इन्टरनेटको लत लागिसकेको छ भन्ने बुझ्नुपर्छ । यस्तो लतलाई हटाउनका लागि के गर्नुपर्छ भन्ने बारेमा केही जानकारी प्रस्तुत छ ।

केही समय अगाडिसम्म अभिभावकहरु बालकालिका र किशोरहरुलाई नसाको लतबाट बचाउनको लागि चिन्तित हुने गर्दथे । त्यस्तै अहिले अभिभावकहरु आफ्ना बालबालिकालाई इन्टरनेटको लतबाट बचाउने कोसिसमा लागि रहन्छन् । हिजोआज बालबालिकामा इन्टरनेटको नसाले गहिरो जरा गाड्न सफल भएको छ । जसले गर्दा ठूलो संख्यामा बालबालिकाको उपचार र काउन्सलिङ समेत गर्नुपर्ने अवस्था आएको छ ।

एउटा सर्वेक्षण अनुसार आठदेखि १२ वर्षसम्मका उमेरका बालबालिका हरेक दिन करिब चारघण्टा ४० मिनेटसम्म इन्टरनेटमा समय बिताउने गर्छन् । किशोरहरुमा त यो लत झन बढिरहेको छ । किशोरहरु प्रतिदिन सात घण्टा २२ मिनेटसम्म इन्टरनेटमा  समय बिताउँछन् ।

सर्वेक्षणका अनुसार त्यसमा स्कूल अथवा होमवर्कको लागि इन्टरनेटमा बिताएको समय समावेश गरिएको छैन । त्यसकारण बालबालिकाहरु मानसिक रोगको शिकार पनि हुन थालेका छन् । इन्टरनेटको प्रयोग गर्नेमा शहरका बच्चाहरु धेरै अगाडि छन् । अधिकांश बालबालिका टिभी, स्मार्टफोन र अन्य ग्याजेटसँग टाँसिरहन्छन् । भिडियो हेर्नका लागि बालबालिकाले प्रतिदिन कम्तिमा १ घण्टा युट्युबको प्रयोग गर्छन् ।

एउटा सर्वेक्षणका अनुसार ८३ प्रतिशत आमा-बुबा आफ्ना बच्चाले टेक्नोलोजीको प्रयोग गर्न सिकुन् । तर, यसको लत नलागोस भन्ने मान्यता रहेको छ । त्यस्तै १० मध्ये नौ प्रतिशत आमा-बुबा आफ्ना बच्चाले इन्टरनेटमा समय बिताउनुभन्दा मानिसहरुसँग भेटघाट र खेलकुदमा समय बिताउन् भन्ने चाहन्छन् ।

चिकित्सकहरुका अनुसार आफ्ना बालबालिकाहरुको हेरचाह र उनीहरुसँग समय बिताएर यस्तो लतलाई छुटाउन सकिन्छ । यदि यसले मानसिक रोगको रुप लिन थाल्यो भने चिकित्सकसँग उचित परामर्श लिनु आवश्यक हुन्छ । बालबालिकालाई अन्य गतिविधिहरुमा सहभागी गरेर पनि यसबाट बचाउन सकिन्छ ।

बालबालिकालाई मोबाइलबाट छुटकारा दिलाउने उपायहरु

बालबालिकालाई मोबाइल अथवा इन्टरनेटबाट टाढा राख्नको लागि आमा-बुबाले पनि यी कुराहरुबाट टाढा रहनुपर्छ । बालबालिकाले कतै बाहिरी खेलकुदमा सहभागी हुनुपर्छ । यसबाहेक आमा-बुबाले पनि बालबालिकाको अगाडि मोबाइलबाट टाढा रहनुपर्छ । बालबालिकाले आफ्ना अभिभावकहरुबाट सिक्ने भएकोले यो कुरालाई ध्यानमा राख्नुपर्छ ।

बालबालिकाको लागि समय निकाल्नुपर्छ

बालबालिकामा इन्टरनेटको लत छुटाउनका लागि आमा-बुबा र परिवारका अन्य सदस्यहरुको महत्वपूर्ण भूमिका हुन्छ । आमा बुबाले धार्मिक कथाहरु साथै पुराना कुराहरु सुनाएर उनीहरुको ध्यान मोबाइलबाट हटाउन सकिन्छ । परिवारको सदस्यले उनीहरुलाई त्यस्ता कथाहरु सुनाउनुपर्छ । जसले केवल बालबालिकालाई प्रोत्साहित गर्ने मात्र नभएर सम्बन्धलाई पनि बलियो बनाउन सहयोग पुर्‍याओस् ।

संगीत, नाटक, नृत्यलाई बढी प्राथमिकता

बालबालिकामा रचनात्मक क्षमता बढाउनका लागि गीत, नृत्य र आर्ट जस्ता रुचिलाई प्रोत्साहित गर्नुपर्छ । यसले बालबालिकालाई भावनात्मक रुपले विकसित गर्ने सबैभन्दा सशक्त माध्यम बनाउन सक्नुहुन्छ । यसो गर्दा बालबालिकामा कल्पनाशीलता र रचनात्मकता बढ्छ ।

आउटडोर खेलमा जोड दिनुपर्छ

मोबाइलबाट बालबालिकालाई टाढा राख्नको लागि बाहिरी खेलकुदले अति नै सहयोग पुर्‍याउँछ । बालबालिकालाई ट्रेकिङ, लामो पैदल यात्रा, नयाँ खेल र अन्य गतिविधिहरुमा सहभागी हुन प्रोत्साहित गर्नुपर्छ । घरबाट टाढा क्याम्पमा जानाले बालबालिकाको दिमाग र शरीरमा नकारात्मक असर पर्छ । बालबालिकामा खेलकुदको गहिरो प्रभाव पर्छ । उनीहरुलाई फुटबल, क्रिकेट, बास्केटबल, साइकल जस्ता खेलहरुका लागि उत्साहित गर्नुपर्छ ।

चित्रकलामा सहभागी गराउनुपर्छ

बालबालिका र किशोरहरुको दिमाग धेरै कोमल हुन्छ । उनीहरुमा राम्रा-नराम्रँ कुराहरु छिट्टै टिप्ने अथवा अपनाउने क्षमता हुन्छ । त्यसैले उनीहरुलाई समय-समयमा चित्रकला, हस्तकलाको लागि उत्साहित गर्नुपर्छ । यसोगर्दा बालबालिकाहरुले मोबाइल चलाउन कम गरेर केही रचनात्मक कार्य गर्ने कोसिस गर्छन् । यसले उनीहरुमा एउटा नयाँ दृष्टिकोण विकसित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment