Comments Add Comment

सनराइजका सीईओ भन्छन् : डिबेन्चरमा सर्वाधिक प्रतिफल दिएका छौं

'सुरक्षित लगानी र उच्च प्रतिफलका लागि सनराइज डिबेन्चर–२०८३'

८ मंसिर, काठमाडौं । आफूसँग नगद भएर पनि त्यसकोे सही परिचालन गर्न नसक्दा धेरैले दुःख भोगेका छन् । घरजज्गामा लगानी गरौं ठूलो रकम छैन, सेयर बजारमा प्रवेश गरौं हालत खराब छ । बैंकको खातामा जम्मा गरेर राखौं, गतिलो ब्याज पाइदैन । त्यसैले साना लगानीकर्ताहरु अन्योलको अवस्थामा छन् ।

यदि तपाईं पनि आफूसँग भएको थोरै रकम केमा लगानी गरौं भन्ने सोचमा हुनुहुन्छ भने एउटा विकल्प हो, ऋणपत्र अर्थात डिबेञ्चर ।

लगानीका लागि सबैभन्दा उत्तम ठानेर नै सरकारले अहिले डिबेञ्चरलाई अनिवार्य बनाएको छ । चालु आर्थिक वर्षको मौदि्रक नीतिमा नीतिगत व्यवस्था गरेर नेपाल राष्ट्र बैंकले वित्तिय संस्थाले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत डिबेञ्चर जारी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।

सरकारी नीतिले नै डिवेञ्चर बाध्यकारी बनाउनुका २ वटा कारण छन् । एउटा बैंक तथा वित्तीय संस्थामा हुने लगानीयोग्य रकम अभावको समाधान गर्ने । अर्को सर्वसाधारणलाई लगानीका लागि भरपर्दो प्लेटर्फम उपलब्ध गराउने । निक्षेप जम्मा भएको रकमको ८० प्रतिशत मात्रै बैंकहरुले लगानी गर्न पाउँछन् भने डिबेञ्चरबाट आएको रकमको शतप्रतिशत रकम नै लगानी गर्न सक्ने सुविधा बैंकहरुलाई दिइएको हुन्छ । यसले गर्दा लगानीयोग्य रकम अभाव भएर अर्थतन्त्रमा पार्न सक्ने असर कम हुन्छ ।

अर्कोतर्फ सर्वसाधारणका लागि पनि यो फाइदाजनक छ । बैंकमा लगेर निक्षेप राख्ने हो भने अहिले बैंकहरुले ९.२५ प्रतिशत हारहारीमा ब्याज दिन्छन् । यदि तपाईंले अहिले डिबेञ्चरमा लगानी गर्नु भयो भने १० प्रतिशत भन्दा माथि ब्याज पाइन्छ ।

सनराइज बैंकको डिबेन्चर योजना

सनराईज बैंकले अहिले ३ अर्ब रुपैयाँको डेबेञ्चर निश्काशन गरिरहेको छ । यसमा त १०.२५ प्रतिशत ब्याजदर पाइन्छ ।

बैंकका सीईओ जनक शर्माले जारी गरिएको यो डिभेन्चर लगानीका लागि निकै लाभदायक रहेको बताए । डिभेन्चरबारे बुझ्न बैंकका शाखाहरुमा सेवाग्रहीको भीड लागिरहेको उनले जानकारी दिए ।

यसै सेरोफेरोमा रहेर सीईओ शर्मासँग अनलाइनखबरले कुराकानी गर्‍यो । शर्माको भनाइ जस्ताको त्यस्तै :

हामीले ‘१०.२५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ नाममा ७ वर्ष अवधिको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेका छौं । हामीले यसअघि नै पनि १ अर्ब रुपैयाँको ऋण पत्र जारी गरिसकेका छौं । अहिले हामीले जारी गरेको ३ अर्ब रुपैयाँको ऋणपत्रमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि हो भने सामूहिक लगानी कोषलाई ५५ लाख छुट्याएका छौं । यस आधारमा सामूहिक लागानी कोषहरुले कुल ६० हजार इकाइ पाउनेछन् । बाँकी १८ लाख इकाइ भने हाम्रै पहलमा अन्य संघसंस्थालाई बिक्री हुनेछ ।

यो ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम ३ लाख इकाइसम्म आवेदन दिन सकिन्छ ।

सर्वसाधारणको आकर्षण कस्तो देखिएला त भन्ने सन्दर्भमा, मलाई जहाँसम्म लाग्छ हाम्रो डिबेञ्चर सर्वसाधारणको रोजाइमै पर्नेछ ।

उच्च प्रतिफलका कारण पनि यो डिबेञ्चर धेरै राम्रो छ । जहाँ सुरक्षाको ग्यारेन्टी हुन्छ, जहाँ राम्रो प्रतिफल पाइन्छ लगानीकर्ताहरुले त्यहीँ लगानी गर्ने न हो । लगानीको सुरक्षा र प्रतिफल दुबै राम्रो भएका कारण हामीले निष्कासन गरेको डेबेञ्चरमा सर्वसाधारणको आकर्षण राम्रो देखिनेमा हामी विश्वस्त छौं ।

यसकारण लगानीका लागि उत्तम

मैले लगानीका लागि धेरै राम्रो छ भन्नुको मुख्य कारण भनेको सुरक्षा नै हो । यो ऋणपत्रलाई रेटिङ एजेन्सी केयर नेपालले पर्याप्त सुरक्षा जनाउने ‘केयर एनपी ए माइनस’ प्रदान गरेको छ । जसले पनि पुष्टि गर्छ कि यो ऋण पत्रमा लगानी गर्नु एकदमै राम्रो हुनेछ ।

अर्कोतर्फ प्रतिफलको कुरा छ । राम्रो प्रतिफल आउने भए नै सबैले लगानी गर्ने हो । यो ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइनेछ । यो एकदमै आकर्षक अफर हो । यो भन्दा राम्रो अन्य बैंकको डेबेञ्चरमा प्रतिफल छैन ।

अहिले तपाई बैंकमा गएर मुद्दति निक्षेप राख्ने हो भने ९.२५ प्रतिशत हाराहारीमा ब्याज पाउनु हुन्छ । अर्को कुरा डिबेञ्चर अहिले दोस्रो बजारमा कारोबार हुने भएकाले पनि लगानीकर्ताहरुलाई धेरै फाइदाजनक छ ।

बचत तथा मुद्धती खाताहरुमा भइरहने ब्याजदर परिवर्तनले हुने जोखिम यसका लगानीकर्ताले उठाउनु पर्दैन ।

ऋणपत्रमा लगानी गर्नेलाई सेयर बजारमा जस्तो सेयरको मूल्यमा घटबढ हुने डर रहँदैन । कम्पनीले साधारण शेयर र अग्राधिकार शेयरका लगानीकर्ताहरुलाई लाभांश वितरण गर्नुअघि ऋणपत्र धनीलाई ब्याज दिनुपर्छ ।

कम्पनीले नोक्सानमा गएको वर्ष शेयर लगानीकर्ताहरुलाई लाभांश नबाँड्ने भए पनि ऋणपत्र धनीलाई अनिवार्य रुपमा ब्याज भुक्तान गर्नुपर्छ ।

यस्तै लगानीकर्ताले खरिद गरेको उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखेर कर्जा लिन सकिने र ऋणपत्रको अवधि समाप्त नहुँदै दोस्रो बजारमा बिक्री गरी लगानी फिर्ता लिन सकिन्छ ।

शेयर जस्तै डिबेन्चर धितोपत्र बजारमा पनि सूचीकृत हुने हुँदा सजिलै किनबेच गर्न सकिन्छ । यद्यपि हालसम्म शेयर बजारजस्तो ऋणपत्रको खरिद बिक्री सहज रुपमा भने भएको पाँइदैन । ऋणपत्रको निर्धारित अवधि समाप्त भएपछि एकमुष्ट भुक्तानी पाईने भएकाले लगानीकर्ताहरुलाई दीर्घकालीन रुपमा फाइदा नै हुनेछ ।

सर्वसाधारणको चासो

सर्वसाधारणले लगानीका लागि ऋणपत्रमा धेरै चासो नदिनु भनेको बुझाइको कमीले पनि हुन सक्छ । हाम्रो मुलुकमा ऋणपत्र विकास भएको लामो समय भएकै छैन । अनिवार्य त यो वर्षदेखि नै भएको हो ।

कुनै पनि नयाँ परियोजना सञ्चालन गर्नको लागि आवश्यक पुँजी संकलनको लागि डिबेन्चर जारी गर्ने गरिन्छ । ऋणपत्रबाट संकलन भएको पुँजीकै कारण ठूला ठूला परियोजनाहरु बनेका छन् । अन्य देशको भन्दा नेपालमा फरक छ । हाम्रो देशमा ठूला परियोजनाको लागि ऋणपत्र भन्दा आईपीओ जारी गरेर पुँजी संकलन गरिन्छ ।

यसै आर्थिक वर्षदेखि राष्ट्र बैंकले बण्ड मार्केट विकास होस् भन्ने उद्देश्यले अनिवार्य डिवेन्चर जारी गर्ने नियम बनाएको हुनुपर्छ । नेपाल बाहेक भारत, श्रीलंका तथा हङकङमा यसको कारोबार राम्रो हुने गरेको छ ।

सर्वसाधारणले किन चासो दिएनन् त भन्ने विषयमा हामीले बुझाउन नसकेको हुन सक्छौं । भर्खर भर्खर शुरु भएको बण्ड मार्केटबारे नबुझ्दा कम आकर्षण देखिनु स्वभाविक हो । तर पछिल्लो समय बुझ्दै जानु भएको छ, आकर्षण क्रमिक रुपमा बढ्दै गएको छ ।

कसरी गर्ने त लगानी ?

डिबेञ्चर प्रतिकित्ता एक हजार रुपैयाँ पर्छ । यसमा लगानी गर्न चाहनेले कम्तिमा पनि २५ कित्ताको लागि आवेदन दिनु पर्ने हुन्छ । न्यूनतम २५ हजार रुपैयाँ बराबरको आवदेन दिएपछि बाँडफाँट भने अवधि सकिएपछि हुन्छ ।

सनराइज डिबेञ्चरकालागि अझै करिब १५ दिन समय बाँकी छ । यसमा २५ कित्तादेखि ३ लाख कित्तासम्मका लागि आवेदन दिन पाइन्छ । आवेदन दिएको सबै पर्छ भन्ने हुँदैन । कति आवेदन पर्छ सोहि अनुसार बाँडफाँट भएर आफ्नो भागमा पर्ने हो ।

यति बुझिसके पछि, कसरी लगानी गर्ने त भनेर जिज्ञासा हुन्छ नै । जसरी हामीले प्राथमिक बजारमा सेयर आवेदन दिन्छौं यसको पनि सोही प्रक्रिया हो । आईपीओ भरे जसरी नै आवेदन दिने हो । यसको लागि पनि डिम्याट खाता चाहिन्छ । डिम्याट खाता जहाँको भए पनि फरक पर्दैन ।

अहिले त मेरो सेयरको एपबाट घरबाटै आवेदन दिन सकिन्छ । अब अहिले मेरो सेयरको सुविधा लिइसक्नु भएको छैन भने पनि सनराइज बैंकका जुनसुकै शाखामा गएर पनि आवेदन दिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment