Comments Add Comment

फ्रायडीय मनोविज्ञान : कसरी मान्छे क्रुर, अपराधी र हत्यारा बन्छ ?

मानिसले आत्महत्या किन गर्छ ? अरुको हत्या किन गर्छ ?

यस्ता प्रश्नका उत्तर अनेक दर्शन, धर्म र सामाजिक परिवेशको आधारमा दिने गरिएको थियो, जतिबेलासम्म सिग्मण्ड फ्रायडले मनोविज्ञानको परिभाषा दिएनन् । त्यतिबेलासम्म मनका कुण्ठाहरु केवल पापी मानसिकताको उपज सम्झिएर मनैभित्र दबाउने गरिन्थ्यो । त्यही कारणले मानिसहरुले मानसिक चेतना गुमायो भने त्यसलाई भगवान बेखुश हुँदाको परिणती मानेर कोटमा पूजा गर्ने गरिन्थ्यो । समाजमा जे हुन्थ्यो गुपचुपमै हुन्थ्यो ।

तर, फ्रायडको मनोविज्ञान पढेकाहरुले त्यस्ता कुरालाई नियन्त्रण नभएर प्रकट गर्नुपर्ने बताए । जो सुरुदेखि नै आफ्ना इन्दि्रयहरुलाई नियन्त्रण गर्नसक्ने क्षमताको हुन्थ्यो उसले केवल बुझ्यो मनन गर्‍यो । अरुले यसलाई दमन नगरी यसलाई उजागर गर्ने बताए ।

फ्रायडका अनुसार कुण्ठा केवल प्रेमको मात्रै हुँदैन । कुनैपनि व्यक्तिलाई मनैदेखि गाली गर्न मन थियो तर, ऊ त्यो क्षमता छैन भने त्यहीँ पनि कुण्ठाको जन्म हुन्छ । त्यसैले सबैभन्दा पहिले कुण्ठाको कुरा आउने बित्तिकै केवल प्रेमसँग कुरा जोड्नु समस्याको विषय हुनसक्छ । दाम्पत्य जीवनमा यौन भावनाको विशिष्ट महत्वको विषयमा सबैभन्दा पहिले चित्रण गर्ने व्यक्ति सिग्मण्ड फ्रायड नै हुन् ।

हुन त त्यस भन्दा पहिले पूर्वीय साहित्यमा पनि काम शास्त्र जस्ता ग्रन्थहरु नभएका होइनन् । धर्मले ढाकिएको समाजमा यौनको महत्व समेत रहेको बताउन वात्सायनले कामसूत्रको रचना गर्दा कम्ति आलोचना खेपेनन् होला । तर, हिन्दू धर्म यौन जीवनको बारेमा कठोर छैन भन्ने कुरा पनि यसबाट पत्ता लाग्न सक्छ । तर, बिस्तारै समाज यो विषयमा कठोर बन्दै गयो । पूर्वीय विद्वानहरुले यौनलाई बाहिर प्रकट गर्नै नहुने कुराको रुपमा चित्रण गर्न थाले । समाजले त्यसैलाई स्वीकार्‍यो । हामी त्यसबाट कठोर बन्दै गयौं ।

७ दिन अघि भारतको हैदरावादमा एउटा पाशविक घटना घट्यो । एक पशुचिकित्सक महिलालाई राति मोटरसाइकल बिगि्रएको मौका छोपी सामूहिक बलात्कार गरी आगो लगाइयो । त्यसको अभियोग लागेका ४ जना शुक्रबार मात्रै प्रहरी इन्काउन्टरमा मारिएका पनि छन् । यस्तै घटना २०१२ मा पनि भएको थियो । यस्तो घटना पूर्वमा मात्रै नभएर यौनको लागि खुल्ला मानिएको पाश्चात्य मुलुकहरुमा पनि त्यस्तै भयावह छ । तर, आखिर किन हुन्छन् यस्ता पाशविक व्यवहारहरु ?

मानिसका सचेतन र अचेतन गरी दुई किमिसको अवस्था हुन्छ । अचेतन अवस्थामा रहेका कसैले पनि कानुन धर्म र परम्परा सम्झिएर आपराधिक गतिविधि गर्दैन । त्यसैले आपराधिक गतिविधिमा लागेपछि कारबाही गर्नु त छँदैछ । त्योभन्दा पहिले उनीहरुको चेतनामा आपराधिक गतिविधिहरु नै आउन नदिन के गर्ने भनेर सोच्नु जरुरी देखिन्छ ।

फ्रायडको विचारमा मनुष्यको मूल प्रवृत्तिहरुमा एक प्रवृत्ति हो रति । जसलाई पाश्चात्य चिन्तनमा सेक्स नामले चिनिन्छ भने पूर्वी चिन्तनले रति भन्छ । पूर्वीय साहित्यहरुले श्रृङ्गारको महत्वलाई व्याख्या गरेको छ । पूर्वीय होस् या पाश्चात्य होस् । सबैले यौनलाई जैविकीय आवश्यकताको रुपमा व्याख्या गरेका छन् । इण्डिपस ग्रन्थीको विकास हुँदै जाँदा त्यसले अनेक किसिमका चाहानाहरु उत्पन्न हुन्छन् । ती चाहानाहरु कुण्ठित हुँदा उनीहरुमा बेचैनीको अवस्था सिर्जना हुन्छ । जसका कारण दिमागले अचेतन रुपमा अनेक किसिमका व्यवहारहरु गर्छन् । यी सबै एक किसिमका मनोवैज्ञानिक रोगहरु हुन् ।

फ्रायडको विचारमा प्रेमको प्रथम अनुभूति समेत यौन आवेगहरुबाट निस्पन्दित हुन्छ । नारी पुरुषहरुको विषम लिंगी आकर्षणमा यो यौन भाव क्रियासी हुने गर्छ । उनका अनुसार मानिसको शरीरमा हुने इण्डिपस ग्रन्थीहरुमा त्यो कामभावको सर्वाधिक मात्रामा ज्ञान हुने गर्छ । यो प्रवलता बाल्यकालदेखि नै स्वप्रेममा निर्माण हुन्छ भने त्यो पछि गएर स्वलिंगी तथा आयु बृद्धिको साथमा परलिंगी प्रेम, पुरुष या स्त्री प्रतिको काम भावना र स्वभाविक आकर्षण हुने गर्दछ । यदि परिपक्व अवस्थामा स्वभाविक क्रमगत परिवर्तनको साथमा स्थान्तरीकरण हुँदैन भने स्त्री र पुरुषको स्वास्थ्यमय जीवनको लक्षण नभएर एक अविकसित एवं बाधक जीवन भएर अनेक किसिमको रोगहरु विकृतिहरुको समेत शिकार हुने गर्छ ।

के गर्न सकिन्छ यसको नियन्त्रणको लागि ?

यसको नियन्त्रणको लागि कडा कानूनको भन्दा पनि नैतिक शिक्षाको आवश्यकता पर्छ । हामी कानुन कडा बनाउने तर दिईँदै आएका नैतिक शिक्षालाई समेत बन्द गरेर निरस विषयलाई पाठ्यक्रममा राख्ने गर्छाैं । नैतिक शिक्षा र सामाजिक सद्भावको विकास बिना यस्ता आपराधिक गतिविधि रोक्न सकिँदैन ।

अर्काेतर्फ, आफ्ना सन्तानहरुलाई बाल्यावस्थादेखि नै यस्ता घटनाहरुलाई दुरुत्साहन गर्ने व्यवहार सिकाउँदै आउनुपर्छ । फ्रायडीय मनोविज्ञान बुझेर सोही अनुसार व्यवहार गर्नुपर्छ भन्ने मनोवैज्ञानिकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment