+
+

अवैध यार्सागुम्बासहित तीन जना पक्राउ   

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ७ गते १७:५२
फाइल फोटो ।

७ पुस, काठमाडौं । अवैध रुपमा बिक्री वितरणका लागि बोकेर हिँडेको अवस्थामा काठमाडौंको नागढुंगाबाट प्रहरीले यार्सागुम्बासहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा दार्चुला दुहम गाउँपालिका-५ बस्ने ४८ वर्षीय गर्जे सिँह महरा, भारत उतराखण्ड ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रम सिंह र भारत उतराखण्ड ग्राम सल्ना बस्ने ३२ वर्षीय हरिश सिँह रहेका छन् ।

चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट ४ किलो २ सय ४५ ग्राम अवैध यार्सागुम्बासहित उनीहरु सोमबार बिहान पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले यूके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा खोलेर चेकजाँच गर्ने क्रममा चालकको सिट पछाडिको दुबै तर्फ रहेको बोतल स्ट्याण्डबाट उक्त परिमाणको यार्सागुम्बा बरामद गरेको हो ।

पक्राउ परेका सबै जनालाई बरामद सवारी साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन बन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?