+
+

टिमुर : जीव र बनस्पतीलाई समेत उपयोगी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १७:५७

दाँत दुख्ने समस्या, वायुशमन, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजीर्ण, हैजा आदि रोगको लागि उपयोगी एक जडिबुटी हो टिमुर । सजिलै प्राप्त गर्न सकिने र जीवन तथा बनस्पतीको लागि समेत उपयोगी मानिएको यो आँखाको दृष्टि कम भएका मानिसको लागि समेत उपयोगी हुने कृषि वैज्ञानिकहरु बताउँछन् ।

यसको स्वाद तीतो, पीरो र जिब्रो पर्पराउने हुन्छ । यो आयुर्वेदका अनुसार वायु शमन, दाँत दुखेको, ज्वरो, अजीर्ण, हैजा आदि रोगको औषधिको रुपमा प्रयोग हुन्छ । साथै शूल, दम अरुचि तथा किरा नियन्त्रणमा समेत यसलाई अचारमा फरक स्वाद लिन पनि प्रयोग गरिन्छ । साथै यसको फलबाट पानी शुद्धीकरण समेत गर्न सकिन्छ ।

न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्‍याउने गर्छ । गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले निको गराउन मद्दत गर्छ । टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ । यही तेललाई गत वर्ष सल्यानमा प्रतिलिटर १७ हजार रुपैयाँसम्ममा विक्री गरेको बताउने गरिएको छ ।

टिमुर फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी हुने बताइन्छ । यो लेक लाग्ने समस्याको लागि पनि उपयोगी हुने बताइन्छ । तर, यसको बारेमा थप खोजीकार्य जारी रहेको जानकारहरु बताउँछन् । टिमुरको औषधीय गुण पत्ता लगाएर अन्तराष्टि्रय पुरस्कार समेत पाएका त्रिवि रसायन शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. अच्युत अधिकारी यसले लेक लाग्ने समस्या समाधान हुने भन्ने प्राचीन मान्यतामा के कारणले यस्तो हुन्छ ? भन्ने बारे खोजी भइरहेको बताउँछन् ।

टिमुरबाट क्यान्सरको सम्भावनालाई पनि कैयौँ गुणा कम गर्न सक्ने बारेमा बताइएको छ । त्यसको बारेमा पनि खोजीकार्य चलिरहेको छ । यसले पेटमा लाग्ने विभिन्न किरा तथा जुगाहरुलाई मार्नको लागि पनि सहयोग पुर्‍याउने बताइन्छ ।

कसरी प्रयोग गर्ने टिमुर ?

टिमुरमा बेरबेरिन नामक अल्कोल्वाइड पाइन्छ । जसमा किटनासक गुणहरु पाउने गरिन्छ । बोके टिमुरको पाकेको फल (बोक्रा सहित)लाई राम्ररी पिँधेर प्राप्त धुलो २० ग्राम प्रतिकिलो मकै र गहुँमा मिसाएर यसको प्रयोग गर्न सकिने कृषि वैज्ञानिकहरु बताउँछन् ।

त्यसैगरी, टिम्बुरको ३ ग्राम धुलो प्रतिकिलोग्राम अन्नमा राख्दा भण्डारणमा लाग्ने किराहरुबाट बचाउन सकिन्छ । तर, त्यस्तो अन्न सुँगुरको लागि विषालु हुन्छ । १०० ग्राम टिमुरलाई एक लिटर पानीमा राखी उमालेर पाँच लिटर पानी बनेको झोलमा गोलभेँडा खुर्सानी भण्टाको बिरुवाको जरालाई एक घण्टा भिजाएर सार्नाले ओइलाउने रोग कम गर्न सकिने बाली संरक्षण निर्देशनालयले जनाएको छ । चार ग्राम टिमुरको धुलो प्रतिकिलो मकैका दरले भण्डारण गर्दा ६ महिनासम्म घुन/पुत्ला आदिबाट बचाउन सकिन्छ ।

 कहाँ पाइन्छ टिमुर ?

महाभारत पर्वत श्रृङ्खलाको १२०० मिटरदेखि २२०० मिटरसम्म राम्ररी पाइन्छ । हिउँदमा ठण्डा र गर्मीमा न्यानो हावापानी भएको स्थानमा यसको खेती हुन्छ । जेठ असार महिनामा पहेँला फूलहरु स-साना झुप्पा फुल्छन् । फलहरु छिप्पिँदै गएपछि रातो र सुकेपछि कालो हुन्छ । यो काश्मीरदेखि भुटान र भारतीय पहाडहरुसम्म पाउन सकिन्छ । जहाँ धेरै चिसो पनि नहुने र धेरै गर्मी पनि नहुने ठाउँहरुमा यो पाउन सकिन्छ । पूर्व पश्चिम फैलिएको माछोको अम्लीय पना भएको बलौटे ठाउँमा यो राम्रोसँग सप्रिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?