+
+

तिलोत्तमामा उपमेयर कप महिला भलिबल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १४:५२

२८ पुस, बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा दश टिमको सहभागिता छ । महिला खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले लिग चरणको आधारमा प्रतियोगिता आयोजना गरेको हो ।

तिलोत्तमा–८ स्थित कुंवरवर्ती बोर्डिङ स्कुल प्राङ्गणमा सञ्चालित प्रतियोगिताको सोमबार तिलोत्तमा उप–प्रमुख जागेश्वरी चौधरीले उद्घाटन गरिन् । त्यस अवसरमा बोल्दै उपप्रमुख चौधरीले खेलकुदमा महिलाहरुको सहभागिता बढाउन नगरपालिकाले पहिलोपटक महिला भलिबल प्रतियोगिता आयोजना गरेको बताइन् ।

खेलकुदको विकासमा तिलोत्तमा नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको र हरेक वडामा कम्तिमा एउटा स्तरीय खेल मैदान बनाउने नगरपालिकाको योजना रहेको चौधरीले बताइन् ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद २५ हजार, द्धितीय हुनेले नगद १५ हजार, तृतीय हुनेले नगद १० हजार र सान्त्वना हुनेले नगद ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?