+
+

सिटिजन्स बैंकद्वारा सिरहामा कम्बल वितरण

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १७:१५

२ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजिवन प्रभावित हुदेै गएपछी सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न निःसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका गरिब, सिमान्तकृत तथा निःसहाय व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १५० थान कम्बल वितरण गरेको छ । उक्त कार्यक्रममा सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा बैंकले कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् । शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न यो कार्यक्रम संचालन गरिएको कुरा बैंकले जनाएको छ ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारलाई बैंकले कम्बल वितरण गरेको हो ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८६ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?