+
+

सम्पत्ति शुद्धीकरणको मुद्दामा एस बैंकका संस्थापक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २५ गते १७:२९

२५ फागुन, काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले एस बैंकका पूर्व अध्यक्ष तथा संस्थापक राना कपूरलाई आइतबार सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरेको छ । यस विषयमा उनीमाथि गरिएको सोधपुछपछि उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि विभिन्न कर्पोरेट संस्थालाई ऋण प्रदान गर्दा पैसा लिएको आरोप छ । ईडीका अनुसार कपूरले देवान हाउजिङ फाइनान्स लिमिटेड टाट पल्टेको अवस्थामा ऋण तिर्न नसक्दा ६० अर्ब लिएर मुद्दा सुल्झाएको आरोप छ । उनी गत वर्षसम्म एस बैंकको अध्यक्ष थिए । तर, गत वर्ष उनलाई केन्द्रीय बैंकले अध्यक्ष पदबाट हटाएको थियो ।

कुनै समय एस बैंक भारतको पाँचौं ठूलो ऋणदाता थियो । तर, पछिल्लो समय बैंक डुब्ने खतरामा पुगेसँगै एसबीआई बैंकले लगानी गर्ने भएको छ । नयाँ लगानीकर्ताको रुपमा एसबीआईलाई बैंकमा उसको शेयर ३ वर्षसम्म २६ प्रतिशत घटाउन नपाउने शर्त राखिएको छ ।

एसबीआईले एस बैंकको ४९ प्रतिशत शेयर किन्ने तयारी गरेको छ । साथै एसबीआईले कम्तीमा एक वर्षसम्म एस बैंकका कुनै पनि कर्मचारीलाई निकाल्न पाउने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?