
२७ फागुन, काठमाडौं । कारोबार खुलेसँगै ओरालो लाग्ने क्रम शुरु भएको सेयर बजार ५८ अंकले ओरालो लागेको छ । १२ बजेर २० मिनेटसम्म जादा सेयर कारोबार मापक नेप्से परिसूचक ५८.२६ अंकले घटेर १३७७ दशमलव ४४ अंकमा आइपुगेको छ ।
४ दिनको बिदा पछि पछि मंगलबार खुलेको सेयर बजार पुरै राताम्मे छ । कारोबार खुला भएसँगै ओरालो लाग्ने क्रम शुरु भएर सेयर बजार १५ मिनेटमा नै ४५ अंक भन्दा माथिको गिरावट आएको थियो ।
यस समाचार तयार पार्दासम्म सेयर कारोबार रकम अर्ब रुपैयाँ पनि पुग्न सकेको छैन । ५ हजार ९ सय ८१ कारोबाट १६ लाख ५ हजार ३ सय १८ कित्ता सेयर किनबेच भएक छन् । कारोबार रकम भने ६४ करोड ७५ लाख रुपैयाँमात्रै भएको छ । याे १२ बजेर २० मिनेटसम्मकाे अपडेट हाे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4