+
+

भरतपुरका विद्यालय चैत ५ देखि बन्द गरिने

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते १६:१७

३०, फागुन, चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्रका सरकारी तथा निजी विद्यालय चैंत्र ५ गतेदेखि बन्द हुने भएका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेको र नेपालसमेत त्यसको जोखिममा रहेकोले भिडभाड हुने विद्यालयहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको महानगरपालिकाले जनाएको छ । अहिले सबै विद्यालयमा परीक्षा सञ्चालन भइरहेको छ । पाँच गते नै परीक्षा सकिदैंछ ।

विद्यालय कहिलेदेखि खोल्ने भन्ने विषयमा अवस्था हेरेर निर्णय गरिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले बढी भीडभाड हुने मल, सिनेमा हलहरूलाई बढी सजकता अपनाउन भनेको छ । महानगरले मेला महोत्सव ठूला सभा सम्मेलन, भेला गर्न रोक लगाउने निर्णय गरेको छ । यसको अवस्था हेरी अन्य आवश्यक निर्णयहरू लिँदै जाने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?