+
+

पुन: रिलिज भयो ‘लभ डायरिज’

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३ गते १०:२८

फागुन २ गते रिलिज भएको चलचित्र ‘लभ डायरिज’ बक्स अफिसमा कमजोर बन्यो । चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न सकेन ।

अहिले पुन चलचित्र लभ डायरिज रिलिज भएको छ । कमलपोखरीमा रहेको जय नेपाल हलबाट चलचित्रको रि-रिलिज सुरु भएको हो । सोमबारबाट जय नेपाल हलमा चलचित्रको प्रदर्शक सुरु भएको छ ।

चलचित्रका वितरक करण श्रेष्ठ रिलिजको समय चेपुवामा परेका कारण अहिले पुन: रिलिज गरिएको बताउँछन् । उनले भने, ‘लभ डायरिज चलेको अर्को साता नै आमा र सेन्टीभइरस रिलिज भयो । यस चलचित्रले राम्रोसँग रिलिज समय पाएको थिएन । त्यसैले अहिले रिलिज गरेका हौँ ।’

मिलेसम्म काठमाडौंका अन्य विभिन्न हलहरुमा पनि चलचित्रलाई प्रदर्शन गरिने वितरक श्रेष्ठले बताए । उनले थपे, ‘जय नेपालमा राम्रो भयो भने अन्य हलहरुमा पनि हामीले पहल गर्नेछौँ ।’

अहिले कोरोनाको त्रासका कारण हलमा चलचित्र छैनन् । त्यहीँ मौकामा लभ डायरिजले पुन: रिलिजको मौका पाएको हो । तर, कोरोनाकै कारण हलमा दर्शक उपस्थित नभइरहेको समयमा यस चलचित्रले दर्शक पाउन मुस्किल नै छ ।

सौरभ चौधरीको निर्देशनमा बनेको यस चलचित्रमा सुशिल श्रेष्ठ, रुविना थापा, विश्व रिमाल लगायतको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?