+
+

सीमामा अलपत्र परेका नेपालीलाई आउन दिन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १७:५५

१० चैत, काठमाडौं । अन्तराष्ट्रिय सीमा नाकामा यात्रु आवतजावत रोकेको सरकारले अलपत्र परेका नेपालीहरुलाई आउन दिने भएको छ ।

तर, अलपत्र परेका व्यक्तिले नेपाली नागरिक पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ  ।

सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुबैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । तर भारतबाट नेपालीहरु आउने क्रम रोकिएको छैन ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलकाअनुसार अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिइएको छ । साथै उनीहरुको सबै विवरण लिने र १४ दिन होम क्वारेन्टाइनमा बस्न भनिनेछ ।

क्वारेन्टाइनमा बसेका वेला उनीहरू सम्बन्धित जिल्लका प्रमुख जिल्ला अधिकारीको निगरानीमा हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?