+
+

चीनमा ६ सय बढी हल खुले

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १६:०१

विश्व यतिबेला कोरोना भाइरसको महामारीमा छ । कोरोना भाइरसको सुरुवात चीनबाट भएको थियो । तर, चीनमा अहिले कोरोनाको महामारी नियन्त्रणमा आउने क्रममा छ । यसैले, विगत केही महिनादेखि बन्द भएका चीनका चलचित्र भवनहरु प्नि खुल्न थालेका छन ।

भारतीय मिडियाका अनुसार, चीनका करिब ६ सय भन्दा बढी हल संचालनमा आएका छन । चीन, विश्वको दोश्रो ठुलो बक्स अफिस मानिन्छ ।

हल संचालनमा आएसँगै दर्शकलाई आकर्षण गर्न पुराना चर्चित हलिउड चलचित्र रिलिज गर्ने तयारीमा संचालकहरु छन । चलचित्र भवनहरुमा ‘अवतार, इसेप्सन, एभेन्जर्स, वुल्फ वारियर, वुल्फ टोटेम’ जस्ता चलचित्रहरु रिलिज गर्ने तयारी गरिएको छ ।

चीनमा चलचित्र रिलिज हुँदा ५१ प्रतिशत शेयर हल संचालकहरुले पाउने गरेका छन । यस्तै, वितरक वा शेयर होल्डर्सको हातमा ४३ प्रतिशत र सरकारलाई ६ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।

तर, अहिले चलचित्र रिलिज गर्दा सबै शेयर हल संचालकलाई नै दिने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?