Comments Add Comment

बुधबारबाट बदलियो संवत्सर, युग भने परिवर्तन नहुने

बुधबारदेखि नयाँ संवत्सर सुरु भएको छ । बृहस्पतीको गतिको आधारमा परिवर्तन हुने संवत्सर बुधबारदेखि परिवर्तन भएको हो । धेरैलाई संवत्सर र यो के आधारमा परिवर्तन हुन्छ भन्ने बारेमा जानकारी नहुनसक्छ । बुधबार बृहस्पतिको गति सुरुवाती बिन्दूबाट पुन: सुरु भएकोले नयाँ संवत्सरको समेत सुरुवात भएको मानिएको हो । आखिर संवत्सर केलाई भनिन्छ ?

जसरी महिना १२ वटा हुने गर्छ । त्यसरी नै संवत्सरको कूल संख्या ६० वटा रहेको छ । संवत्सर भनेको बाह्र महिनाको अवधि हो । सूर्य सिद्धान्तका अनुसार संवत्सर बृहस्पति ग्रहको आधारमा निर्धारण गर्ने गरिन्छ । त्यहाँ ६० वटा संवत्सरलाई २०/२०/२० गरी ३ हिस्सामा बाँड्ने गरिन्छ । जसलाई ब्रह्माविंशति, विष्णुविंशति र शिवविंशतिको रुपमा मानिन्छ । जुन सुरुको २० वर्ष, बीचको २० वर्ष र अन्तिम २० वर्षमा विभाजन गर्ने गरिन्छ ।

बुधबारदेखि प्रमादी नामक संवत्सर सुरु भएको हो । यसभन्दा पहिले, परिधावी नामक संवत्सर चलेको थियो । प्रमादी संवत्सरको समयमा मानिसमा आलस्य र प्रमाद बढेर जाने ज्योतिष शास्त्रको मत छ ।

बृहस्पतिको गति प्रभव आदि ६० वर्षलाई १२ युगको रुपमा मान्ने गरिन्छ । प्रत्येक युगमा ५ संवत्सर समेत हुने गर्छ । अघिल्लो वर्षको नै नयाँ युग सुरु भएकोले यो संवत्सरको सुरुवातसँगै युगको भने परिवर्तन हुँदैन । बाह्र युगका नामहरूमा (प्रजापति, धाता, वृष, व्यय, खर, दुर्मुख, प्लव, पराभव, रोधकृत, अनल, दुर्मती र क्षय रहेका छन् ।

प्रत्येक युगमा ५ वटा वत्सर हुन्छ । यी वत्सर मध्ये पहिलोको नाम संवत्सर हो । दोस्रो परिवत्सर, तेस्रो ईदवत्सर, चौथो अनुवत्सर र पाँचौं युगवत्सर हो । यी प्रत्येक १२ वर्षलाई बृहस्पति वर्ष मानिन्छ । यो वर्ष बृहस्पति को उदय र अस्तको आधारमा यसको गणना गर्ने गरिन्छ । बृहस्पतिको राशि परिवर्तनलाई नै यसको आरम्भ मान्ने गरिन्छ ।

६० संवत्सरहरु केके हुन्

संवत्सरलाई वर्ष भन्ने गरिन्छ । प्रत्येक वर्षको फरक नाम हुन्छ । त्यहाँ जम्मा ६० वर्ष पछि एउटा चक्र पूरा हुन्छ । आजबाट प्रमादी नामको सम्वत्सर सुरु भएको हो । ती संवत्सरहरुको नाम निम्नानुसार छ ।

प्रभव, विभव, शुक्ल, प्रमोद, प्रजापति, अंगिरा, श्रीमुख, भाव, युवा, धाता, ईश्वर, बहुधान्य, प्रमाथी, विक्रम, वृषप्रजा, चित्रभानु, सुभानु, तारन, पार्थिव, अव्यय, सर्वजीत, सर्वधारी, विरोधी, विकृति, खर, नन्दन, विजय, जय, मन्मथ, दुर्मुख, हेमालम्बी, विलम्बी, विकारी, शर्वारी, प्लव, शुभकृत, शोभकृत, क्रोधी, विश्वावसु, पराभव, प्ल्लंग, किलक, सौम्य, साधारण, विरोधकृत, परिधावी, आनन्द, राक्षस, नल, पिंगल, काल, सिद्धार्थ, रौद्रि, दुर्मति, दुन्दुभी, रुधिरोद्गारी, रक्ताक्षी, क्रोधन र अक्षय।

सबै माथिको क्यालेन्डर पञ्चाङ्गमा आधारित छ। पञ्चाङ्ग अर्थात् १.तिथि २. नक्षत्र, ३. योग, ४. करण, ५. वार (हप्ताको सात दिनको नाम)। नेपालको पञ्चाङ्ग पूर्व प्रख्यात श्री कृष्ण संवत्, विक्रम संवत र शक संवत् सबै पञ्चाङ्गमा आधारित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment