+
+

प्रदेश १ को जनसुरक्षा कोषमा ११ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १९:३०

१९ चैत, विराटनगर । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारले निर्माण गरेको कोरोना जनसुरक्षा कोषमा ११ करोड ९४ हजार रूपैयाँ संकलन भएको छ ।

प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० करोड रुपैयाँ जम्मा गरेर कोष खडा गरेको थियो । त्यसमा सामाजिक संघ संस्था, बैंक, वित्तीय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैयाँ जम्मा गरेका हुन् ।

कोषमा मन्त्रिपरिषद्का सदस्यहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् ।

प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेश सभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रक्सन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैयाँ जम्मा गरेका छन् ।

कोषमा सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेसनलले ७ लाख, कृषि विकास बैङ्कले ५ लाख, नेपाल बैङ्कले  लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैयाँ जम्मा गरेका छन् ।

एस आईडीविएलले दुई लाख दुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैयाँ कोषमा जम्मा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?