
२५ चैत, काठमाडौं । कोरोना (कोभिड-१९) भाइरसले अर्थतन्त्रमा पुर्याएको क्षतीको विषयमा राष्ट्रिय योजना आयोगले अध्ययन गर्ने भएको छ ।
कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले आयोगलाई जनजीवन र अर्थतन्त्रमा पारेको असरबारे अध्ययन गर्ने जिम्मेवारी दिएको हो ।
कोरोनाले पारेको क्षतीको विषयमा अर्थ मन्त्रालय र योजना आयोगले एक चरणको छलफल गरिसकेको छ ।
आयोगले पनि विभिन्न निकायबाट प्राप्त गरेको तथ्यांकको आधारमा विश्लेषण गर्दछ । जस्तो खर्चमा के असर गरेको छ भन्ने महालेखा र रेमिट्यान्समा परेको प्रभावसम्बन्धी तथ्याँक राष्ट्र बैंकमा हुन्छ ।
योजना आयोगका सदस्य डा. सुशील भट्ट कोरोना त्रास अन्त्य भएर सबै निकायबाट तथ्याङ्क आएपछि मात्रै प्रभावबारे औपचारिक निष्कर्षमा पुग्न सकिने बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4