+
+

कोरोना कोषलाई महालेखापरीक्षक कार्यालयको २४ लाख

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १८:४७

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आज रु २४ लाख ३४ हजार ६८६ सहयोग गरेको छ ।

कोषमा महालेखापरीक्षक टंकमणि शर्मा दंगालबाट आधा महिना र अन्य कर्मचारीबाट यही चैत ११ को नेपाल सरकार, सचिवस्तरीय बैठकको निर्णयबमोजिम मासिक पारिश्रमिकबाट तलब कट्टा गरी जम्मा गरिएको कार्यालयका प्रवक्ता विष्णुप्रसाद रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?