
३ बैशाख, काठमाडौं । उपभोग्य वस्तु बढी मूल्यमा बिक्री गर्ने पसललाई सरकारले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।
बुधबार काठमाडौंको स्वयम्भुमा रहेको वुद्ध स्टोरलाई जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
अनुगमनका क्रममा अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री गरिएको पाएपछि जरिवाना गराइएको विभागका एक अधिकारीले जानकारी दिए ।
यसैगरी वाणिज्य विभागले सामाखुशीकाे एक मासु पसललाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । अनुगमन क्रममा बजार मूल्य भन्दा धेरैमा मासु बिक्री गरेको पाईए पछि सामाखुसी टाउन प्लानिङ्गमा रहेकाे टाउन प्लानिङ छाप्राे मिट सपलाई जरिवाना तिराईएकाे विभागका सूचना अधिकारी दीपकराज पाेख्रेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4