+
+

राष्ट्र बैङ्कको सहुलियत सकारात्मकः सीएनआई

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १७ गते १७:३२

१७ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपाल राष्ट्र बैङ्कले घोषणा गरेको सहुलियतलाई सकारात्मक रुपमै लिनुपर्ने बताएको छ । मंगलबार घोषणा गरिएको सहुलियतबारे अनलाइनखबरसँग कुरा गर्दै सीएनआईका बैङ्किङ समितिका सभापति अनलराज भट्टराईले आफूहरूले सकारात्मक रुपमा लिएको बताए ।

लकडाउन जारी रहेकै बेला राष्ट्र बैङ्कले दोस्रो पटक ल्याएको सहुलियतले केही राहत महसुस हुने उनले बताए । तर, यो नै पर्याप्त भने नभएको उनले बताए । राष्ट्र बैङ्कले अर्को चरणमा थप केही नयाँ निर्णय लिनुपर्ने उनले बताए ।

वाणिज्य बैङ्क, विकास बैङ्क फाइनान्स कम्पनीहरूका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैङ्क‍ले कोरोना प्रभावित क्षेत्रहरूका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको थियो ।

चैत मसान्तसम्मको लागि कायम ब्याजदरमा चौथो त्रैमास अर्थात् वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैङ्कले भनेको छ । तर, यो सहुलियत सबै ऋणीहरूले भने पाउने छैनन् । राष्ट्र बैङ्कका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्नेछ ।

‘जुन २ प्रतिशतको छुटको कुरा छ, त्यो एकदमै सकारात्मक कुरा हो’ उनले भने, ‘यसले ब्याजदरको दबाब केही हदसम्म घटेको छ, यसले राम्रै भएको छ ।’

अर्को चरणमा राष्ट्र बैङ्कले थप केही निर्णयहरू भने गर्नु पर्ने उनले बताए । लकडाउन खुलिसकेपछि कर्जाको माग बढ्ने भन्दै यसका लागि तरलता व्यवस्थापन हुनुपर्ने उनले बताए ।

तरलता बढाउनका लागि हाल ८० प्रतिशत रहेको कर्जा र निक्षेपबीचको अनुपात (सीसीडी रेसियो) ९० प्रतिशतसम्म बनाउनुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?