Comments Add Comment

नाकको हड्डी बढ्ने समस्या

नाक नै त्यो ढोका हो, जहाँबाट शरीरमा अक्सिजन प्रवेश गर्छ । तर, त्यही ढोकामा अवरोध भएमा शरीरले पर्याप्त अक्सिजन प्राप्त गर्न सक्छ ?

खासगरी नाकको कतिपय समस्याले गर्दा शरीरमा पर्याप्त अक्सिजनको प्रवाह हुन पाउँदैन । जस्तो कि नाकको हड्डी बढ्नु । नाकको भित्र रहेको  दायाँबायाँको पर्खालमा विशेष प्रकारको रगत मिश्रित मासुको डल्लो (टर्बिनेट) रहने गर्छ ।  यसले नाकमा प्रवेश गर्ने वायुलाई आफू अनुकूल बनाउन मद्दत गर्छ । टर्बिनेट प्राय: फुल्ने तथा सुक्ने गर्छ ।

सोही क्रममा टर्विनेट ठूलो भएमा यसले  नाकका समस्या हुने गर्छ ।  विशेषगरी,  ठूलो टर्बिनेटका कारण नाकबाट प्रवेश गर्ने अक्सिजनमा अवरोध पैदा हुन्छ। जसलाई सामान्य भाषामा नाकको हड्डी बढ्नु भन्ने गरिन्छ भने चिकित्सकीय भाषामा टर्विनेट हाइपरट्रोफी भन्ने गरिन्छ ।

नाकको हड्डी बढेमा सास लिनमा समस्या हुनुका साथै, नाकको संक्रमण हुने  तथा नाकबाट रगत बग्ने गर्छ ।

पिनासको संक्रमण, परागको एलर्जी तथा वातावरणमा हुने परिवर्तनका कारण पनि तल्लो टर्विनेट सुन्निने तथा खुम्चने गर्छ। जब तल्लो टर्विनेटक सुन्निन कम हुँदैन, त्यसबेला उक्त समस्यालाई नाकको हड्डी बढ्ने समस्या भन्ने गरिन्छ।

माानिसहरूको नाकअनुसार टर्विनेटको संख्या पनि फरक हुने गर्छ। कसैमा तीन वटा टर्विनेट हुन्छ भने कसैमा चारवटा सम्म टर्विनेट रहेको पाउने गरिन्छ । जबकि धेरैजसो मानिसहरूमा माथिल्लो, मध्यम र तल्लो टविर्नेट हुन्छ । सामान्यतया, तल्लो, मध्यम (बीच)को टर्विनेट बढ्नाले टर्बिनेट हाइपरट्रोफी’ हुने गर्छ ।

टर्बिनेट हाइपरट्रोफीकै कारण मानिसलाई सास लिनमा कठिनाइ हुनुका साथै घुर्ने समस्या उत्पन्न हुने गर्छ । यसको उपचार औषधी तथा शल्यक्रियाबाट हुने गर्छ।

सामान्यतया नाकको हड्डी दुई तरीकाले बढ्ने गर्छ ।

नसल साइकल

नसल साइकलमा नाकको एउटा भागमा रहेको टर्विनेट चारदेखि छ घण्टासम्म सुन्निने गर्छ । एकापट्टीको ठिक भएपछि अर्को तर्फको टर्विनेट पुन सुन्निन थाल्छ ।

क्रोनिक

टर्विनेट लामो समयसम्म सुन्निएमा वा टर्विनेटमा संक्रमण भएमा टर्विनेट बढ्ने गर्छ। उक्त समस्या पछि गएर क्रोनिक (कडा) हुने गर्छ ।

नाकको हड्डी बढ्नुका लक्षण

नाकको हड्डी बढेमा सास लिनमा समस्या हुने गर्दछ । यसबाहेक पनि अन्य धेरै समस्या हुनेगर्छ ।

–नाकबाट निरन्तर सिगान बग्ने

–घुर्ने

–घ्राण क्षमतामा कमी आउने

–अनुहार दुखेको महसुस हुने

–लामो समयसम्म नाक बन्द रहने

–नाकको सट्टा मुखबाट सास लिएका कारण सुतेर उठ्दा मुख सुख्खा हुने

–निदारमा दबाब महसुस हुने

–टाउको दुख्ने

यसबाहेक, नाकको हड्डी बढेमा लामो समय सर्दी हुनेगर्छ । जुन विनाउपचार आफैँ ठिक हुन कठिन छ । यसबाहेक, नाकको हड्डी टेढो हुनु (सेप्टल डेभिएसन) पनि यसको लक्षण हुन सक्छ । सेप्टल डेभिएसन भएमा नाकको दुवै प्वालको बीचमा रहेको कार्टिलेज (नाकको हड्डी) सिधा हुँदैन, जसले नाकमा जाने हावालाई रोकेर सास लिनमा कठिनाइ उत्पन्न हुने गर्छ ।

 कारण के हो ?

टर्विनेटको माथिल्ला भागमा रहेको झिल्ली रक्तसञ्चारको आधारमा फुक्ने तथा खुम्चिने गर्छ । जसमा यी कुरा मुख्य कारकका रुपमा रहने गर्दछ ।

–लामो समयसम्म पिनास भएमा सुन्निने समस्या

–वातावरणमा रहेको परागका कण

–मादक पदार्थको सेवन

–हर्मोन सम्बन्धि बदलाव

–शरीरको तापमान तलमाथि हुनु

–गर्भावस्था

–बढ्दो उमेर

–जन्मजात समस्या हुनु

–रुघाखोकी तथा ज्वरो आउने

यी कारणहरुले गर्दा पनि नाकको हड्डी  तथा टर्विनेटको उत्तक बढ्ने तथा सुन्निन सक्दछ । नाकको हड्डी बढ्ने समस्याबाट ग्रसित कयौ  परिवारका सदस्यलाई एलर्जिक राइनाइटिसको समस्या हुने गर्दछ ।

जोखिम ?

नाकको हड्डी बढेमा यी जोखिमहरु देखा पर्ने गर्छ ।

–नाकबाट बारम्बार रगत आउने

–नाकको हड्डी बाङ्गो हुने

–मौसम परिवर्तनसँगै  एलर्जीको समस्या

उपचार विधि

नाकको हड्डी बढेमा दुई तरीकाले उपचार गर्न सकिन्छ ।

औषधि-एलर्जीको औषधीबाहेक पनि यस्ता औषधीहरु छन्, जसको सुेवनले नाकको हड्डी बढ्ने समस्यालाई नियन्त्रण्न गर्न सकिन्छ ।

शल्यक्रिया-औषधिको सेवनबाट नाकको हड्डी बढ्ने समस्यामा कमी नआएमा नाकमा रहेको  रगतले भरिएको मासु ( टर्बिनेट)को शल्यक्रिया गरेर पनि यस समस्यालाई कम गर्न सकिन्छ ।

त्यसबाहेक,  सबम्युकोसल डायथर्मी, इन्फेरियल टर्विनेट बोन रिसेक्सन तथा पार्टियल इन्फेरियल  टर्विनेक्टोमी गरेर पनि यो समस्या कम गर्न सकिन्छ ।

नाकको हड्डी बढेमा हुने जटिलता ?

नाकको हड्डी बढेमा विभिन्न जटिलता सिर्जना हुने गर्दछ । विशेषगरी नाकको हड्डी बढेमा सास लिनमा कठिनाई भई अनिद्राको समस्या उत्पन्न हुनसक्छ । नाकको हड्डीकै कारण पिनासको संक्रमण हुनसक्छ, जसका कारण स्कुल तथा अफिसमा काम गर्नमा कठिनाई उत्पन्न हुने गर्छ ।

नाकको हड्डी बढेमा शल्यक्रियाद्धारा यसलाई निको बनाउन सकिन्छ । त्यस क्रममा नाकमा रहेको दुवै टर्विनेट निकाल्न भने हुँदैन । अन्यथा नाक बन्द रहने तथा नाक सुख्खा हुने समस्या रहने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment