Comments Add Comment

आन्दोलनको कारण करिब एक घण्टा सुरुङमा बसे ट्रम्प

१९ जेठ, काठमाडौं । गत शुक्रबार राति अमेरिकाको ह्वाइट हाउसमा भएको प्रदर्शनको कारण करिब एक घण्टा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अण्डरग्राउण्ड सुरुङमा राखिएको खुलेको छ । सीएनएनका अनुसार ह्वाइट हाउसका एक अधिकारीले करिब एक घण्टा उनलाई सुरुङमा राखिएको हो । उनीसँगै अमेरिकी फर्स्ट लेडी मेलिना ट्रम्प उनीहरुका छोरा ब्यारोनलाई सुरुङमा राखिएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार शुक्रबार राति ह्वाइटहाउसअघि सयौं मानिस भेला भएर प्रदर्शन गर्न थालेपछि सेक्रेट सर्भिस एजेन्टहरुले ट्रम्पलाई सुरुङमा लगेर राखेका थिए ।

अमेरिकामा कुनै आतंकवादी आक्रमणजस्ता आपतकालीन अवस्था आउँदा राष्ट्रपतिलाई सुरक्षित राख्ने प्रयोजनका साथ उक्त सुरुङ निर्माण गरिएको हो । यद्यपि आधिकारिक रुपमा भने यस घटनाबारे कुनै जानकारी दिइइएको छैन । यसबारे जानकारी दिएका अधिकारीलाई पनि यसबारे बोल्ने अनुमति दिइएको थिएन ।

अमेरिकामा जर्ज फ्लोयडको गत मे २५ मा भएको प्रहरी अधिकारीबाट मृत्यु भएपछि भडि्एको आन्दोलनको कारण अहिले अमेरिकाभर तनावको अवस्था सृजना भएको छ । शुक्रबार ह्वाइट हाउस कम्प्लेक्समा सन् २००१ सेप्टेम्बर ११ मा भएको आक्रमणपछि सबैभन्दा ठूलो सतर्कता अपनाइएको थियो ।

स्रोत : सीएनएन, एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment