+
+

अर्घाखाँचीको क्वारेन्टिनमा बिरामी परेका एक जनाको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ २८ गते १५:००

२८ जेठ, बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ५७ बर्षका यमप्रसाद खनालको बुटवलमा उपचार गराएर फर्किने क्रममा मृत्यु भएको हो ।

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । महाराष्ट्र कोरोनाबाट प्रभावित प्रदेश हो ।

स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो । उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा बुधबार मृत्यु भएको स्थानीय गोकुल रिजालले जानकारी दिएका हुन् ।

उनको जेठ २१ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको तर रिपोर्ट आइनसकेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?