+
+

श्रीलंकामा पूर्णरुपमा हट्यो कर्फ्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १४ गते १८:०७

१४ असार, काठमाडौं । श्रीलंका सरकारले गत मार्च महिनामा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाएको कर्फ्यु पूर्णरुपमा हटाउने निर्णय गरेको छ ।

स्थानीय प्रशासनका अनुसार बिस्तारै-बिस्तारै गरेर कर्फ्यु पूर्णरुपमा हटाइएको हो । सुरुमा दिनमा लगाइएको कर्फ्यु  हटाइएको थियो । तर मध्यरातिदेखि चार घण्टासम्म कर्फ्यु जारी राखिएको थियो । यो कर्फ्यु पनि अहिले हटाइएको छ ।

स्थानीय अधिकारीहरूले मानिसहरूलाई व्यक्तिगतस्तरमा सावधानी अपनाउँदै भौतिक दुरी कायम राख्ने लगायतका नियम पालना गर्न आग्रह गरेका छन् । कडा किसिमको लकडाउन र व्यापक मात्रामा गरिएको परीक्षणको माध्यमबाट श्रीलंका मुलुकमा कोरोना भाइरसबाट हुने मृत्युदर अन्य मुलुकको तुलनामा कम राख्न सफल भएको छ।

अहिलेसम्म श्रीलंकामा कोरोना भाइरसका दुई हजारभन्दा बढी संक्रमित भेटिएका छन् भने ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?