४ साउन, काठमाडौं । काठमाडौं-४, सुकेधारमा हिमाल डेन्टल अगाडि दुई वटा मोटरसाइकल र पानी बोकेको ट्यांकर एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी प्रधान कार्यालयको प्रशासन शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमराज पौडेल छन् ।
प्रहरीका अनुसार शनिबार साँझ सुकेधाराबाट चाबाहिलतर्फ जाँदै गरेको प्रदेश नं. ३ ०२ ००३ प ४१५० नम्बरको स्कुटर र चाबहिलबाट सुकेधारातर्फ आउँदै गरेको बा७४प २८८१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । लगत्तै सुकेधारातर्फ आउँदै गरेको बा१ग २२७८ नम्बरको नेपाली सेनाको ट्यांकर पनि ठोक्किएको थियो ।
घटनामा गम्भीर घाइते सुर्खेत घर भइ महाराजगञ्ज बस्दै आएका २९ वर्षीय पौडेलको ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4