+
+

माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते २१:१६

माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा तथा सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण न्यौपानेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटीअन्तर्गतका देशका विभिन्न स्थामा रहेका होटल, रेष्टुरेण्ट, रिसाेर्ट तथा क्याफेले प्रदान गर्ने सेवाहरूमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्डवाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले आफ्ना १ सय ५९ वटा शाखा, १ सय ३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २ सय ९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ९८ वटा एटीएमहरू तथा १ हजारभन्दा बढी पीओएसमार्फत ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?