
२९ साउन, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन मृत्यु हुनेको संख्या गत मे महिनायताकै उच्च देखिएको छ । बुधबार अमेरिकामा एकैदिन करिब एक हजार पाँच सयजनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या पनि एक लाख ६६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकाको जर्जिया राज्यमा सबैभन्दा धेरै मानिसको कोरोना भाइरसका कारण मृत्यु भएको हो । उक्त अवधिमा जर्जियामा एक सयभन्दा धेरै मानिसको कोरोना भाइरसबाट मृत्यु भएको हो ।
अमेरिकामा अहिले ५० लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् । अमेरिकाको सबै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । मे महिनापछि अमेरिकाको ५० वटै राज्यमा घरमा नै बस्ने वा अन्य किसिमको सामाजिक गतिविधिमा प्रतिबन्धका नियमहरु खुकुलो पारिएको थियो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4