Comments Add Comment

अप्रिलपछि दक्षिण कोरियामा एकैदिन भेटिए सय बढी कोरोना संक्रमित

३० साउन, काठमाडौं । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का १०३ नयाँ संक्रमित फेला परेका छन् । शुक्रबार दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार दक्षिण कोरियामा अप्रिल १ पछि पहिलोपटक एकसयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ८५ जनामा स्थानीय संक्रमण देखिएको हो भने थप १८ जना आयातित हुन् ।

दक्षिण कोरियाले अगष्ट १७ देखि लागु हुने गरी विदेशी संक्रमितका लागि नयाँ नियम ल्याएको छ । दक्षिण कोरियाको कोरोनाविरुद्धको नियम पालना नगर्ने विदेशी संक्रमितले उपचारको सबै खर्च स्वयंले बेहोर्नुपर्ने नियम ल्याएको छ ।

अहिलेसम्म दक्षिण कोरियामा कोरोना भाइरसका १४ हजार ८७३ संक्रमित फेला परिसकेका छन् भने ३०५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment