नेपाल आइडलकी थर्ड रनर अप अस्मिता अधिकारी ‘भा छ तिम्रो माया यो दिलैमा सुट…. तिम्रो मायालाई सल्युट’ बोलको गीत लिएर आएकी छन् ।
यो गीतमा अधिकारीलाई उदयपुरका नवगायक किरण निरौलाले साथ दिएका छन् ।
मायामा परेपछि आउने मनोभावलाई केन्द्रमा राखेर दिनेश सुवेदीले लेखेको गीत उनीहरुले गाएका हुन् । गीतलाई विन्दवासिनी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
आधिकारिक म्युजिक भिडियो भने छायाङ्कन भइसकेको छैन ।
नरेश भुर्तेलको संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् भने कुमार केसीले मिक्सिङ गरेका छन् । तिम्लाई सल्युट नामक एल्बममा राखिएको गीतको छायाङ्कन र सम्पादन राजन कार्कीले गरेका हुन् ।