Comments Add Comment

प्रदेश १

List Grid
झापामा ७५ हजार बराबरको नक्कली भारतीय नोट बरामद

२८ असार, झापा । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । पाँच सय भारुका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन । यद्यपि, उनी झापा गाउँपालिकास्थित नेपाल–भारत सीमा […]

झापामा मास्क नलगाइ हिँड्ने एक हजार ६८ जना कारबाहीमा

२८ असार, झापा । जिल्ला प्रहरी कार्यालय, झापाले मास्क नलगाइ हिँडेको आरोपमा तीन दिनमा एक हजार ६८ जनालाई कारबाही गरेको छ । सदरमुकाम भद्रपुरसहित दमक, धुलाबारी, अनारमनी, झिलझिले, काँकरभिट्टा लगायतका क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार मास्क नलगाइ हिँडेका उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार विभिन्न ठाउँमा राखिएका […]

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

२८ असार, उदयपुर । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् […]

खोटाङमा टोलटोलमा शिक्षक परिचालन गरेर पढाउने तयारी

२५ असार, खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी साउन ७ गतेबाट टोलटोलमा शिक्षक परिचालन गरेर पठनपाठन सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण चार महिनादेखि शैक्षिक संस्था बन्द भएपछि टोलटोलमा शिक्षक परिचालन गरेर नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षण सिकाइलाई नियमित बनाउन शहरी क्षेत्रमा […]

प्रदेश १ मा लामो समय एकैठाउँमा बसेका प्रहरी हटाइए

२३ असार, काठमाडौं । सरुवा भएर पनि रमाना नलिइ लामाे समय एकैठाउँमा बसेका प्रहरी अधिकृतलाई फिर्ता बोलाउन थालिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालय, बिराटनगरले लामो समय एकैठाउँमा बस्ने प्रहरी कर्मचारीलाई सरुवा भएको ठाउँमा पठाउने अभियान थालेको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दिपक पोखरेलका अनुसार हालसम्म ७९९ जनालाई रमाना दिएर सरुवा भएका […]

प्रदेश १ मा थपिए ९ जना कोरोना संक्रमित

२३ असार, विराटनगर । प्रदेश १ मा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगर महानगरपालिकाका ६ जनासहित प्रदेश १ मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरका ६ जनासहित सुनसरीका २ जना र झापाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत कारागार चलान

२३ असार, झापा । भारतीय नागरिकलाई झुटा विवरणको आधारमा नागरिकता प्रदान गरेको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतले सोमबार आरोपित आचार्यलाई कारागार चलान गर्ने निर्णय गरेको हो । उनलाई झापा कारागारमा राखिएको छ । झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले […]

प्रदेश १ का नेकपा नेताको सुझाव- पार्टी फुटबाट बचाऔं

२१ असार, विराटनगर । नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद वार्ताका माध्ययमबाट समाधान खोज्न प्रदेश १ का नेता कार्यकर्ताले आग्रह गरेका छन । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी नेकपा प्रदेश १ का १४ वटै जिल्लाका अध्यक्ष र सचिवले पार्टी फुटे जनतामा गम्भीर धोका हुने बताउँदै वार्ताबाट समाधान खोज्न आग्रह गरेका हुन् । नेकपामा उत्पन्न विवाद समाधान […]

झापामा खोलाले बगाएर एक जनाको मृत्यु

२१ असार, काठमाडौं । झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको कमल गाउँपालिका–५ मा रतुवा खोला र चाजु खोलाको दोभानमा आएको बाढीले शनिबार दिउँसो बगाउँदा टुक्रेका पुष्प राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार खोलाबाट दाउरा निकाल्ने क्रममा बाढीले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय, […]

नकारात्मक मानसिकताले राम्रो काम पनि ओझेलमा पर्‍यो : मुख्यमन्त्री राई

१७ असार, विराटनगर, । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले गरेका राम्रा काम छाडेर साना मसिना कुरामा आलोचना गर्ने गरिएको गुनासो गरेका छन् । बुधबार प्रदेशसभाको बैठकमा उनले नकारात्मक सोच्ने मानसिकता बढ्दै गएको भन्दै दुखेसो गरे । ‘हामीले यो छोटो समयमा थालेका राम्रा कामलाई राम्रा हुन्, राम्रा छन् भनेर एक स्वरले यो सभा किन […]

प्रदेश १ मा थपिए २६ जना कोरोना संक्रमित

१७ असार, विराटनगर । प्रदेश १ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना महिला र १२ जना पुरुष गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ । पछिल्लो समय झापामा […]

प्रदेश एकमा १५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो

१६ असार, विराटनगर । अन्न भण्डारको रुपमा चिनिने प्रदेश नं. एकमा २ अर्ब ५० करोड बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको छ । प्रदेश नं. एकका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ करोड ६३ लाख केजी धान–चामल भित्रिएको हो । रानी नाकाबाट २ अर्ब २४ करोड मूल्यको ५ करोड […]

प्रतिकिलो एक सयमा सलह किन्ने कृषिविज्ञ राईको घोषणा

१६ असार, खोटाङ । कृषिविज्ञ मदन राईले प्रतिकिलो एक सय रुपैयाँमा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो एक सय रुपैयाँमा खरिद गर्ने बताएका हुन्। “कसैले समाएर ल्याइदिए किलोको एक सय रुपैयाँले, एक हजार किलोसम्मको एक लाख […]

मोरङमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

१५ असार, काठमाडौं । मोरङमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका–६ का २२ वर्षीय मो. सजाद मियाँ रहेका छन् । धनपालथान गाउँपालिका–५ स्थित सोही ठाउँ बस्ने लखना रायको खेत जोत्ने क्रममा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिन जाँदा खेतमा काम गरिरहेका मियाँको घटनास्थलमै मृत्यु […]

विराटनगरमा दुबईबाट आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि 

१५ असार, विराटनगर । दुबईबाट काठमाडौं हुँदै विराटनगर आएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर– १५ की २५ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार संक्रमित युवती दुबईबाट काठमाडौं हुँदै ९ असारमा विराटनगर आएकी थिइन् । पीसीआर जाँचका लागि आइतबार स्वाब संकलन गरिएको […]

प्रदेश १ मा पनि देखियो सलह, मन्त्रालयका प्रवक्ता भन्छन्– आत्तिनु पर्दैन

१५ असार, विराटनगर । प्रदेश १ का विभिन्न स्थानमा सलह किरा देखिएका छन् । आइतबार पहाडका दुई जिल्लामा सानो झुण्डमा सलह किरा देखिएको हो । ‘पाँचथर र खोटाङमा ८–१० वटा सलह किराको सानो झुण्ड देखिएको रिपोर्टिङ भएको छ,’ प्रदेश १ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीले भने ‘विराटनगरमा साथीहरुले १–२ वटा […]

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए

१४ असार, विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार […]

प्रदेश १ मा सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार

१४ असार, विराटनगर । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ । नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो । शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन । […]

सिंघिया खोला किनारका वासिन्दाको दुःख – ‘आकाश कराउँदा निन्द्रा पर्दैन’

१४ असार, विराटनगर । विराटनगरसँग सीमा जोडिएको कटहरी गाउँपालिका– १, सिंघिया खोला किनारको बस्तीको नाम हो, टाइगर टोल । जनमजदुरी गरेर चलेको यो टोल सिंघिया खोलासँग सधैँ तर्सन्छ । तीन वर्ष अघिको बाढीमा मुस्किलले ज्यान जोगाएका टोलबासी त्यसयता आकाश कराउँदा राति सुत्न सक्दैनन् । ‘परार (तीन वर्ष अघि) लगाएको लुगा बाहेक केही जोगिएन’, बिगतका दुःख […]

प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए

१२ असार, विराटनगर । प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा ४ र सुनसरीमा १० गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ जना महिला र १० जना पुरुष छन् । मोरङको विराटनगर महानगरपालिकामा एक जना महिला […]

हल्दिबारीको गाउँसभामा कुटाकुट

११ असार, झापा । झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् । उनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा पालिकाका केही कुर्सी, टेबल पनि भाँचिएका छन् । अध्यक्ष लिङ्गदेनले गाउँसभा बिथोल्न आएका अराजक व्यक्तिकोे आक्रमणबाट झ्याल, ढोका, टेबल कुर्सीलगायत कार्यालयका भौतिक […]