+
+
Shares

खोटाङमा दशैंमा ६४२ जनालाई नि:शुल्क बाइक सेवा, तिहारमा पनि सेवा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ७ गते १०:२४

७ कात्तिक, खोटाङ । खोटाङमा दशैंमा माइतीघर जानेआउने ६४२ छोरीचेलीले नि:शुल्क बाईक सेवा पाएका छन् ।

समाजसेवाको भावना बोकेका युवाको समुहले सञ्चालन गरेको ‘दशैं तिहार, चेलीलाई उपहार’ कार्यक्रम अन्तरगत चार दिनमा ६४२ छोरीचेलीले नि:शुल्क बाईक सेवा पाएका हुन् ।

अभियान अन्तरगत कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले नि:शुल्क बाईक सेवा सेवा पाएको ‘दशैं तिहार, चेलीलाई उपहार’ कार्यक्रमका संयोजक सन्जयकुमार राईले बताए ।

‘दशैं तिहार, चेलीलाई उपहार’ कार्यक्रमको तेश्रो संस्करणमा ५० जना राइडरहरुले चेलीलाई बाईक सेवा दिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राई समेत राइडरको रुपमा खटिएका थिए । माइती मावली घर जाने–आउने क्रममा नि:शुल्क बाईक सेवा पाउँदा चेलीहरु हर्षित छन् ।

सामाजिक सेवाभावका साथ युवाको टोलीले आउँदो तिहारमा पनि चेलीलाई कात्तिक २४ गतेदेखि कात्तिक २६ गतेसम्म नि:शुल्क बाईक सेवा दिने तयारी गरेको छ ।

विभिन्न दलमा आस्था राख्ने युवाले २०८१ सालदेखि ‘दशैं तिहार, चेलीलाई उपहार’ कार्यक्रम सुरु गरेको हो । माइतीघर जानेक्रममा गाडी नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका, गाडी भाडा तिरेर यात्रा गर्न नसक्ने अवस्थाका महिला, बालबालिका र बृद्धालाई लक्षित गर्दै नि:शुल्क बाईक सेवा दिन सुरु गरिएको संयोजक राईले बताए ।

माइती घर जाने चेलीलाई दिक्तेलबाट ३५ किलोमिटर दुरीसम्ममा नि:शुल्क बाईक सेवा उपलव्ध गराउने व्यवस्था छ । अभियानका दौरान कुदाइने सवारी साधनका लागि सहयोग जुटाएर इन्धनको प्रवन्ध गर्ने गरिएको छ । विशुद्ध सामाजिक सेवा अन्तरगत २०८१ मा ३४५ जना र २०८२ मा करिब सात सय चेलीलाई नि:शुल्क बाईक सेवा प्रदान गरिएको संयोजक राईले बताए ।

नेपाल सरकारको सेवा सुविधा प्राप्त, बहालवाला जनप्रतिनिधि, घरमा सवारी साधन भएका चेलीले भने यो सुविधा पाउने छैनन् । दशैंको टिका तथा भाइटीका मनाउने चेलीलाई सेवा दिनका लागि सुरु गरिएको रचनात्मक अभियान संखुवासभामा समेत विस्तार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?