News Summary
Generated by OK AI. Editorially reviewed.- मौसम विज्ञान विभागले आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ ।
- महाशाखाले देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने र बिहान तराई, उपत्यका तथा खोँचमा लागेको हुस्सु वा कुहिरो केहीबेरमै हट्ने पूर्वानुमान गरेको छ ।
- मौसमविद्हरूले आगामी बुधबार वा बिहीबारदेखि देशभर वर्षाको सम्भावना रहेको जनाएका छन् ।
८ कात्तिक, काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम सामान्यतया सफा हुने महाशाखाको पूर्वानुमान छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले बिहानपख तराई भूभाग, उपत्यका तथा खोँचहरुमा हुस्सु वा कुहिरो लागेको छ । यो हुस्सु–कुहिरो केहीबेरमै हट्दै जानेछ ।
राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम सफा रहने पूर्वानुमान छ ।
आगामी बुधबार वा बिहीबारदेखि भने देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4