+
+
Shares

आज देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ६:५७

२४ असोज, काठमाडौं । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ ।

कोशी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराईका क्षेत्रमा भने आंशिक बादल लाग्ने पूर्वानुमान छ।

राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

पछिल्लो २४ घण्टटामा पनि केही ठाउँमा भारी वर्षा भएको थियो भने धेरै ठाउँमा मध्यम वर्षा भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?