+
+
Shares

आज कोशी, बागमतीसहित ४ प्रदेशमा वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते ६:५१

१७ असोज, काठमाडौं । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने देशका तराई भू-भागमा पनि आंशिक बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग तथा देशका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। तराईका भू-भागमा बिहानपख हुस्सु लाग्ने पूर्वानुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?