News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्राकृतिक विपत्तीका कारण देश शोकमा रहेको भन्दै यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम नगर्ने भएको छ।
- कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भोटेकोशी र बूढीगण्डकी बाढीले ठूलो जनधनको क्षति भएको भन्दै कात्तिक १ गते विज्ञप्ति जारी गरेका थिए।
- बीपी कोइरालाले ०३४ सालको कोजाग्रत पूर्णिमामा चियापान समारोह शुरू गरेपछि कांग्रेसले हरेक वर्ष उक्त कार्यक्रम गर्दै आएको थियो।
८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ ।
बीपी कोइरालाको पालादेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको कांग्रेसले यस वर्ष प्राकृतिक विपत्तीका कारण देश शोकमा रहेको भन्दै चियापान कार्यक्रम आयोजना नगरेको हो ।
‘भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बूढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ । यस्तो दु:खद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने…,’ कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक १ गते नै विज्ञप्ति जारी गर्दै भनेका थिए ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले ०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरेका थिए । त्यसपछि कांग्रेसले हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको थियो ।
प्रतिक्रिया 4