२४ जेठ, विराटनगर । रास्वपा मोरङको प्रथम अधिवेशनबाट जिल्ला सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । उनी संस्थापक जिल्ला सभापति हुन् ।
शनिबार भएको पहिलो जिल्ला अधिवेशनमा मतदान हुँदा कँडेल २०४ मतसहित विजयी भएका हुन् । सभापतिका अन्य उम्मेदवार कोषराज खनालले ९९ र सागर फुयालले ४१ मत प्राप्त गरे ।
नयाँ कार्यसमितिको उपसभापतिमा विमला बस्नेत निर्विरोध निर्वाचित भइन् । सचिवमा दिवस नेपाल विजयी भएका छन् । ९५ प्राप्त गर्दै नेपाल सचिवमा विजयी हुँदा सचिवका उम्मेदवार कुमार खुलालले ८५ र इन्जिनियर सुरेश श्रेष्ठले ८१ मत प्राप्त गरे ।
सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन् । उनले २३० मत प्राप्त गर्दा अर्का उम्मेदवार सन्तोष सिंहले ११३ मत प्राप्त गरेका थिए ।
जिल्ला समिति सदस्यमा भावना बस्नेत श्रेष्ठ, ओमकुमार श्रेष्ठ र लक्ष्मी श्रेष्ठ, परमेश्वर शाह निर्वाचित भएका छन् ।
शनिबार भएको जिल्ला अधिवेशनमा जिल्लाभरबाट ५३१ जना प्रतिनिधि सहभागी भएका थिए । निर्वाचनमा ४८६ मत खसेको थियो ।
प्रतिक्रिया 4