+

एसियन गेम्स छनोट : सेमिफाइनलमा नेपालविरुद्ध ओमान ९४ रनमा अलआउट

२०८३ जेठ  २४ गते ८:४० २०८३ जेठ २४ गते ८:४०
एसियन गेम्स छनोट : सेमिफाइनलमा नेपालविरुद्ध ओमान ९४ रनमा अलआउट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा ओमानले नेपालसामु ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट हुँदा नेपालका करण केसीले तीन विकेट लिए ।
  • यस प्रतियोगिताको सेमिफाइनल पुगेका नेपालसहित चारवटै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

२४ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा ओमानले नेपाललाई सामान्य लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनायो । ओमानका लागि कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए । जुबेर अली अकबरले २२ रन बनाए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछानेले २-२ विकेट लिए । शाहब आलम, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १-१ विकेट लिए ।

सेमिफाइनल जितेमा नेपालले फाइनलमा हङकङ र मलेसियाबीचको विजेतासँग खेल्नेछ ।

नेपालसहित सेमिफाइनल पुगेका चारवटै टोली एसियन गेम्सका  लागि छनोट भइसकेका छन् ।

एसियन गेम्स क्रिकेट छनोट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय