News Summary
Generated by OK AI. Editorially reviewed.- गोवामा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ ।
- भारतलाई उपाधि दिलाउन सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक गोल गरे ।
- पछिल्ला दुई संस्करणको विजेता बंगलादेश यसपटक उपविजेतामा सीमित भयो भने सेमिफाइनलबाट बाहिरिएको नेपालले उपाधि जित्न सकेन ।
२३ जेठ, काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ ।
शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भएको फाइनलमा भारतले सहज जित निकाल्दै प्रतियोगिताको इतिहासमा आफ्नो छैटौं उपाधि उचालेको हो । भारतले ७ वर्षपछि उपाधि जितेको हो ।
भारतको जितमा सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक गोल गरे । बंगलादेशका लागि रितु पोर्ना चक्माले बराबरी गोल गरेपनि खेलमा फर्काउन सकिनन् ।
सेमिफाइनलमा बंगलादेशले नेपाललाई २–१ ले हराएको थियो भने भारतले भुटानमाथि १–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
यससँगै भारतले सन् २०१०, २०१२, २०१४, २०१६, २०१९ र २०२६ गरी कुल छैटौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
पछिल्ला दुई संस्करण (२०२२ र २०२४) मा च्याम्पियन बनेको बंगलादेश भने यसपटक उपविजेतामै सीमित रह्यो ।
नेपाल भने २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा उपविजेता बनेको थियो । यसपटक सेमिफाइनलबाट बाहिरिएको नेपालले अझैसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।
प्रतिक्रिया 4