+
+
Shares

रास्वपा तेह्रथुमको कार्यसमिति सर्वसम्मत चयन, सुमन बने सभापति

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते ८:०७

२४ जेठ, तेह्रथुम । रास्वपा तेह्रथुम जिल्ला समितिको प्रथम अधिवेशनले सुमन खत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

सदरमुकाम म्याङलुङमा शनिबार अधिवेशन आयोजना गरिएको थियो । अधिवेशनबाट जिल्ला सभापतिमा सुमन खत्री, उपसभापतिमा दिपेन्द्र सिंघक, सचिवमा लिलम बस्नेत तथा सह–सचिवमा रणबहादुर थापा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा बलदेव लिम्बू, पूर्णमाया रसाइली, सुमन नेपाल, सृजना लामा र रुबिना राय चयन भएका छन् ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पार्टीको संगठन विस्तार, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै पार्टीलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?