+
+
Shares

तमोर करिडोरमा सवारी दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारमा विंगर भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारमा विंगर भ्यान दुर्घटना हुँदा ४० वर्षीया सवित्रा ढुंगेलको मृत्यु भएको छ।
  • दुर्घटनामा चालक तेजकुमार चेम्जोङ र दिपेन रसाइली घाइते भएका छन् र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
  • सवारीमा करिब २ हजार ५ सय चल्ला रहेको र केही चल्ला दुर्घटनाबाट मरेको प्रहरीले जनाएको छ।

४ जेठ, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ विजिटारमा विंगर भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

निर्माणाधीन तमोर करिडोर सडक खण्डमा सोमबार बिहान भएको दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–६ बस्ने ४० वर्षीया सवित्रा ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

दुर्घटनापछि सवारीभित्र च्यापिएर उनको ज्यान गएको हो । सुनसरीको इटहरीबाट पाँचथरतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९४९ नम्बरको विंगर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा सवारी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ बस्ने अन्दाजी २८ वर्षीय तेजकुमार चेम्जोङ र सवारीमा रहेका ताप्लेजुङको फुङलिङ नगरपालिका–८ बस्ने अन्दाजी २२ वर्षीय दिपेन रसाइली घाइते भएका छन् ।

उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

गाडीमा करिब २ हजार ५ सय चल्ला समेत रहेको र दुर्घटनाबाट केही चल्ला मरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?