+
+
Shares

चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय अनिष कुमालको मृत्यु भएको छ।
  • दुर्घटना भरतपुर महानगरपालिका–३ लायन्सचोक आलुमण्डीस्थित सडकमा भएको थियो।
  • अनिष कुमाल गम्भीर घाइते भएर भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थिए।

२ जेठ, काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–३ लायन्सचोक आलुमण्डीस्थित सडकमा आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा.९२ प ३१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परेर सोही महानगरपालिका–४ बस्ने २१ वर्षीय अनिष कुमालको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?