+
+
Shares

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र ०१०१४ प २६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालक ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको छ।
  • दुर्घटना मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै भएको हो।
  • ट्याक्टर चालक र सहचालक फरार छन् र प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

३ जेठ, धनगढी । धनगढीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र ०१०१४ प २६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको तिमिल्सिनाले बताए ।

दुर्घटनापछि ट्याक्टर चालक र सहचालक फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?