+
+
Shares

मोरङको कानेपोखरीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते ८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको कानेपोखरीमा गएराति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा पथरीशनिश्चरे-१० का ६० वर्षीय गोविन्द लिम्बू रहेको प्रहरीले जनाएको छ ।
  • दुर्घटनापछि सवारी साधनसहित फरार रहेका चालकको खोजी र अनुसन्धान कार्य भइरहेको छ ।

४ साउन, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ कानेपोखरी नजिक नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पथरीशनिश्चरे १० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बू रहेका छन् ।

घटना गएराति करिब बाह्र बजेको हो । प्रहरीका अनुसार घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुर्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सवारी साधन सहित फरार रहेका चालकको खोजी तथा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?