+
+
Shares

मोरङमा सिटी अटो दुर्घटना हुँदा एक वृद्धको मृत्यु, तीन घाइते

मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १५:३७

२० असार, काठमाडौं । मोरङमा सिटी अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

मोरङको लेटाङ नगरपालिका–५ कानेपोखरीस्थित सडकमा अनटेस्ट सिटी अटो अनियन्त्रित भई दुर्घटना भएको हो ।

शनिबार मध्यान्ह करिब ११:५५ बजे कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको अवस्थामा उक्त सिटी अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा चार जना सवार रहेको र दुर्घटनास्थलमा सबै घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले चारै जना घाइतेलाई उद्धार गरी एपेक्स अस्पताल, लेटाङ पठाएको थियो । जसमध्ये गम्भीर घाइते रहेका लेटाङ नगरपालिका–६ का ६० वर्षीय मुनराज लावतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

यस्तै, घाइतेमा हुनेमा अटो चालक लेटाङ नगरपालिका–६ का ४० वर्षीय वीरबहादुर राई, सोही ठाउँकी २७ वर्षीया शान्ति राई र  लेटाङ नगरपालिका–५ की ५० वर्षीया अनु राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू तीनै जनाको एपेक्स अस्पताल, लेटाङमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?