News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङका भूमिहीन सुकुमवासीहरूले विराटनगरमा डोजर आतंक बन्द गर्न र उचित बसोबासको व्यवस्था गर्न विरोध प्रदर्शन गरेका छन्।
- सुकुमवासीहरूले संसारी माइस्थानबाट शुरु भएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि धर्ना दिएका थिए।
- भूमिहीन सुकुमवासी संयुक्त संघर्ष समितिको आह्वानमा विभिन्न पालिकाबाट आएका सुकुमवासीहरूले सरकारलाई बसोबासको व्यवस्था गर्नु जिम्मेवारी भएको बताएका थिए।
४ जेठ, काठमाडौं । बस्तीमा डोजर चलाएको विरोधमा विराटनगरमा पनि भूमिहीन सुकुमवासीले प्रदर्शन गरेका छन् । सोमबार संयुक्त संघर्ष समिति मोरङको आह्वानमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले बसोबासको ग्यारेन्टी गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
समिति संयोजक निशा किरण राई नेतृत्वको टोलीले काठमाडौंको सुकुम्वासी बस्तीमा भएको बल प्रयोगलाई ‘अमानवीय’ र ‘गैरजिम्मेवार’ कदम रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
बालबालिका, महिला, ज्येष्ठ नागरिक र अशक्तहरूको संवेदनशीलतालाई समेत ख्याल नगरी डोजर प्रयोग गरेर उठिबास गराइएको भन्दै देशभरका सुकुम्वासीहरूमा त्रास फैलिएको उनीहरूको गुनासो छ ।
ज्ञापनपत्रमा भनिएको छ, ‘संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक दिएको छ भने धारा ५१ मा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने राज्यको नीति छ । तर, सरकारले आफ्नै संविधान र कानुनविपरीत नागरिकलाई घरबारविहीन बनाउँदै छ ।’
उनीहरूले सुकुम्वासी बस्तीमा भइरहेको डोजर आतंक तत्काल बन्द गर्नुपर्ने, सुकुमवासीहरूको अर्थपूर्ण सहभागिता रहने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, वास्तविक सुकुमवासीको पहिचानका लागि नगर र वडा तहबाटै लगत संकलन गरी उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया 4